भीरबाट खस्दा एक महिलाको मृत्यु

छिनोफानो   आइतबार ०८, फागुन २०७८ १०:४०

ओखलढुंगामा भीरबाट खस्दा एक महिलाको मृत्यु भएको छ । मोलुङ गाउँपालिका-४ मा भीरबाट लडेर स्थानीय ३८ वर्षीया मीना सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो गुठी पाताल जंगलबाट घाँस लिएर घर फर्कंदै गर्दा उनी भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा मिसन अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु