पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति

छिनोफानो   आइतबार ०८, फागुन २०७८ ११:५६

अमेरिकी सहयोग परियोजना (एमसीसी) आज (आइतबार) संसदमा टेबल हुने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको हो ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । त्यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । उक्त बैठकले संसद् बैठकको कार्यसूची तय गर्नेछ । सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्थाको बैठकले एमसीसी टेबल गर्नेलगायत कार्यसूची तय गर्ने नेताहरूको भनाइ छ ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु