कैलालीमा नेकपा सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त (एमसिसी) सम्झौता बिरुद्ध बिरोध प्रदर्शन

छिनोफानो   आइतबार ०८, फागुन २०७८ ०६:१८

कैलालीमा नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् । 
एमसीसी सम्झौता राष्ट्रिय हित विपरित रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।उक्त विरोध प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनले विकाश परियोजनाको रूपमा नेपाल भित्रिरहेको एमसीसी परियोजना राष्ट्र र राष्ट्रियताको हिततमा नभई अमेरिकनहरूले बनाएको दीर्घकालीन सैन्य रणनितीको अंग रहेको र यो हाम्रो देश नेपालका लागि घातक रहेको उनले बताए । नेपालको प्राकृतिक सम्पदा,भूगोल, प्रकृतिक स्रोत साधनहरू यूरेनियम, जल र ऊर्जा माथि नेपालका महत्वपूर्ण खनिज पदार्थ साथै सिङ्गो राष्ट्रियता माथि हस्तक्षेप गर्ने उद्देश्यसहित लागु हुन लागेको एम सी सी सम्झौता खारेज हुनुपर्नेमा नेता पुनले जोड दिए ।उनले भने,“ संसदवादी दलालहरुले गर्ने राष्ट्रहित विपरितका एजेण्डाहरुलाई दीर्घकालीन निकास दिनको लागि यो दलाल संसदीय व्यवस्था को अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य छ । एमसीसी र यस्ता राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय हरू एक ठाउँमा उभिएर आन्दोलनमा उत्रन जरुरी छ ।” यो राष्ट्रघाती एम सी सी सम्झौता खारेज नहुँदा सम्म हाम्रो पार्टी निरन्तर आन्दोलनको मोर्चामा रहने उनले बताए । त्यसैगरी संयुक्त मोर्चाको तर्फबाट सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायत अन्य सबैले पनि उक्त सम्झौता जसरी पनि खारेज हुनुपर्ने माग गर्दै आन्दोलन निरन्तर जाने उनीहरूको निचोड थियो ।
 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु