बाँकेमा ट्रकले किच्दा महिला प्रहरीको ज्यान गयाे

छिनोफानो   सोमबार ०९, फागुन २०७८ ०१:४४

बाँके - बाँकेको कोहलपुर चौराहामा ट्रकले किच्दा एक महिला प्रहरी जवानको ज्यान गएकाे छ । 

शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भइ पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर ज्यान गएकाे हो । 

गएराति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीव्र गतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । त्यसलगत्तै पश्चिमतर्फ सडक छेउमा ड्युटीमा रहेकी प्रहरी जवानमाथि आएर पल्टिएको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ की ३६ वर्षीया बुढाथोकीको कार्यक्षेत्रमा खटिएकै क्रममा ज्यान गएकाे हाे । 

ट्रकले किच्चिएर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरको दुई वटा स्कुटरमा समेत पूर्णरुपमा क्षति पुगेको प्रमुख शाहले बताउनुभयो । ट्रक चालक बबई गाउँपालिका वडा नं ६ दाङका लोकराज केसीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु