दार्चुलामा गाडी साहुको घरमा चालककी श्रीमातीको शव फेला

छिनोफानो   सोमबार ०९, फागुन २०७८ ०१:५६

दार्चुला - जिल्लामा एक युवतीको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका ४ की २२ वर्षीय कमला ठगुन्नाको शव नौगाड गाउँपालिका ६ बस्ने सङुवा ठगुन्नाको घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

आइतबार श्रीमान र गाडी शाहु सङुवा धनगढी आएका बेला उनी कोठामै मृत फेला परेको दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए। 

सोही घरमा सवारी चालक रहेका उनका श्रीमान प्रेम सिंह ठगुन्नाको डेरा रहेको थियो। प्रेम सिंहले सङुवा ठगुन्नाको गाडी चलाउने गरेका थिए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु