बैतडीमा टिप्पर दुर्घटना अपडेट : सात जना विद्यार्थीको मृत्यु

छिनोफानो   सोमबार ०९, फागुन २०७८ ०६:१४

बैतडी । निर्माण व्यवसायीको टिप्परमा चढेर घर फर्किदै गर्दा बैतडीको पाटनमा टिप्पर दुर्घटना हुँदा सात जना विद्यार्थीको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका –३, गुरुडास्थित सिगास माबिका विद्यार्थी टिप्पर चढेर घर फर्किदै गर्दा दुर्घटना भएको हो ।

पाटन नगरपालिका –३, डबरा भन्ने स्थानमा दुर्घटना हुँदा घटनास्थलमै सात जना विद्यार्थीको मृत्यु भएको यातायात व्यवसायी दिनेश बिष्टले जानकारी दिए । टिप्परमा करीब २५ जना विद्यार्थी चढेर घर फर्किदै गरेको अवस्थामा भएको दुर्घटनामा ठूलो हाताहाती भएको हुनसक्ने बिष्टले बताए ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालयको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु