लागूऔषधसहित कैलालीमा एकजना पक्राउ

छिनोफानो   मङ्गलबार १०, फागुन २०७८ ०३:१६

धनगढी । प्रहरीले कैलालीमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहाँ नगरपालिका-८ गप्का बस्ने ३९ बर्षीय गोपी ओखेडालाई प्रहरीले लागूऔषध (खैरो हिरोईन) सहित पक्राउ गरेको हो ।

लागूऔषध कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको घर पसल रित पुर्बक खान तलासी गर्दा घर पसलबाट ३ ग्राम ३६० मिलिग्राम लागूऔषध बरामग गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

साथै उनको साथबाट ५० हजार ५३० रुपैयाँ, ५ थान मोबाइल, ५ थान घडी, कैची एक थान र तौल गर्ने डिटल काटा एक थान बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु