वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

छिनोफानो   मङ्गलबार १०, फागुन २०७८ ०३:४७

काठमाण्डाै – जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढका अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरूविरुद्ध जनही तीन लाख ६० हजार रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु