कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

छिनोफानो   बुधबार ११, फागुन २०७८ १०:१५

कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
कालीकोटको पलाँता गाउँपालिका-९ मा मंगलबार नम्बर नखुलेको जीप दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया परिलाल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कालीकोटका डीएसपी सिद्धराज न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । कर्णाली नदीमा ड्रममाथि चढाएर लगिएको जीप अनियन्त्रित भइ दुर्घटना भएको हो । जीपका चालक पनि लाइसेन्स नभएका सिकारु रहेका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु