बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु

छिनोफानो   बुधबार ११, फागुन २०७८ १०:३९

 मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका—४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । आक्रमण गरेपछि स्थानीयले चिच्याउन थालेपछि बाघ भागेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

उनको शव परीक्षणका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याइएको उनले जनाए । अन्य ४/५ जना महिलाले भने भागेर ज्यान बचाएका छन् । यस वर्ष बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको निकुञ्जले जनाएको छ । घटनास्थल सदरमुकाम गुलरियादेखि ३४ किमी उत्तर पश्चिममा पर्दछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु