दुर्गेश भन्छन्– समीक्षा मसँग सहयोग माग्न आएकी हुन्, मैले उनलाई सहयोग मात्रै गरिदिन खोजेको थिएँ

छिनोफानो   बिहिबार १२, फागुन २०७८ ०१:४६

काठमाडौं । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीच कुरा नमिलेपछि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्न खोजेको गायक दुर्गेश थापाले बताएका छन् । पलले दुर्गेशलगायतले समीक्षालाई उकासेर आफूविरुद्ध उजुरी गर्न लगाएको भन्दै अडियो सार्वजनिक गरेपछि दुर्गेशले आफूले समीक्षालाई सहयोग मात्रै गरेको स्पष्ट पारेका हुन् ।
 
“पलले समीक्षासँग विवाह गर्छु भनेको थियो । तर, पछि पलले विवाह गर्दिन भनेपछि मैले मिलाउन खोजेको हुँ । यही विषयमा सहजीकरण गरिदिन खोज्दा मैले षड्यन्त्र गरेको भनेर मलाई फसाइयो,” दुर्गेशले भने । 

पल र समीक्षाबीच कुरा मिलाउन आफूले एकपटक प्रयास गरेको दुर्गेश स्वीकार्छन् । दुर्गेश अभिनेता पलले समीक्षसँग विवाह गर्नु पर्छ भन्ने पक्षमा थिए । 

“म पलको मिल्ने साथी भएकाले समीक्षाले मसँग सहयोग मागिन्, त्यसैले मैले पललाई राम्रो तरिकाले सम्बन्धमा बस्दा राम्रो हुन्छ भनेँ,” उनी भन्छन्, “बिहे नै गर्नुपर्छ भन्ने कुरा गरेको थिएँ । यही कुरामा पल र मेरो डिस्कसन भएको थियो ।”

पलले गल्ती गरेर अहिले आफूहरुलाई दोष दिएर उम्किन खोजेको उनको आरोप छ । पलले समीक्षासँग नागरिकता बनाएपछि विवाह गर्ने प्रतिबद्धता जनाएको तर पछि आफैँले गरेको सम्झौताबाट पछि हटेको दुर्गेशको आरोप छ । 
 
पलबिरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परिसकेको छ । पलले दुर्गेशसँगै सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईको उक्साहटमा आफूविरुद्ध उजुरी दर्ता गराइएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु