एमसीसीविरुद्ध धनगढीमा पनि प्रदर्शन

छिनोफानो   बिहिबार १२, फागुन २०७८ ०५:१५

एमसीसीविरुद्ध धनगढीमा पनि प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठनको आयोजनामा अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा धनगढीमा पनि प्रदर्शन भएको हो ।

धनगढीको मुख्य सडकमा एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न नारासहित प्रदर्शन गरिएकोमा जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रमेश धामीले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास नहुने दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु