पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै

छिनोफानो   शुक्रबार १३, फागुन २०७८ ११:१९

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) पोखरा जाँदैछन् ।

बिहान ११ बजे पोखरा पुग्ने गरी ओली पोखरा जान लागेका हुन् । ओली दिउँसो २ बजे काठमाडौं फर्कने गरी पोखरा जान लागेका एमाले कास्कीले जनाएको छ । विशेष गरी एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउने उद्देश्यले ओली पोखरा जान लागेका हुन् ।

त्यसैगरी जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङसहित विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरु पनि आफ्नो पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जनाएको छ । आज एमाले र नेपाली कांग्रेसका नेताहरुपछि पछिल्लो राजनीतिक गतिरोध फुकाउनेबारे वार्ता हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाबीच एमसीसी सम्झौता अनुमोदनलगायतका विषयमा छलफल गरी निष्कर्ष निकालिने बताइए पनि अहिलेसम्म वार्ताबारे ठोस कुरा बाहिर आएको छैन । एमाले अध्यक्ष ओली पोखरा जाने भएपछि कांग्रेससँगको वार्ता हुन्छ/हुँदैन भन्ने अन्योलमा रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु