युरोपेली संघ (ईयू) ले रुसमाथि ठूलो प्रतिबन्धको घोषणा

छिनोफानो   शुक्रबार १३, फागुन २०७८ ११:२२

युरोपेली संघ (ईयू) ले रुसमाथि ठूलो प्रतिबन्धको घोषणा गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पछिल्लो अवस्थालाई ध्यानमा राख्दै रुसविरुद्ध प्रतिबन्धको घोषणा गरिएको बताएका हुन् ।

ईयूले रुसविरुद्ध वित्तीय क्षेत्र, ऊर्जा, यातायातका साथै केही रुसी अधिकारीलाई भिसामा समेत प्रतिबन्ध लगाएको छ । शुक्रबार बिहान बसेको ईयूको बैठकले यस्तो निणर्य गरेको उनले जानकारी दिइन् ।

अहिले लगाइएको प्रतिबन्धसँगै अब रुसले आफ्नो तेल प्रशोधन केन्द्रको स्तरोन्नतिको लागि आवश्यक प्रविधि खरिद गर्न नपाउने युरोपेली आयोगकी प्रमुखले बताइन् । सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै उनले भनेकी छिन्, ‘ठूलो प्रतिबन्धको प्याकेज गएराति पारित भएको छ र यसले ईयू कति संगठित छ भन्ने देखाएको छ ।’

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले युक्रेनलाई ३३ करोड ६० लाख डलर सहायताका साथै सैन्य उपकरणहरु पनि दिइने घोषणा गरेका छन् । रुसबाट आउने ग्यास तथा तेलमा भने प्रतिबन्ध लगाइएको छैन। युरोपमा रुसबाट करिब ४० प्रतिशत ग्यास आयात हुने गर्छ ।

यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोंले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन् । उनले वार्ताको क्रममा तत्काल युद्ध रोक्न आग्रह गरेको उल्लेख गरेका छन् । साथै युक्रेनका नेताहरुसँग वार्ता गरेर अघि बढ्न पनि म्याक्रोंले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु