सुर्खेतमा आज बिहानै प्रेसर कुकर बम फेला :सेनाको बम डिस्पोजल टोली द्धारा निष्क्रिय

छिनोफानो   शुक्रबार १३, फागुन २०७८ ११:२४

सुर्खेतमा आज (शुक्रबार) बिहानै प्रेसर कुकर बम फेला परेको छ । वीरेन्द्रनगरस्थित पर्यटकीयस्थल बुलबुले उद्यानको गेटमा बम फेला परेको हो ।

बिहान साढे ८ बजे शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । ‘नो एमसीसी’ लेखिएको उक्त बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको डीएसपी घर्तीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु