सुदूरपश्चिम प्रादेशिक महोत्सवले कलाकारको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना,कलाकारद्धारा महोत्सव बहिस्कार

पवन भण्डारी   शुक्रबार १३, फागुन २०७८ ०३:१७

पवन भण्डारी,धनगढी । कैलालीको अत्तरियामा आज देखि सुरु भएको  सुदूरपश्चिम प्रादेशिक महोत्सवलाई कलाकारहरुको बिभिन्न संगठनहरुले बहिस्कार गरेका छन । 

सदुरपश्चिम प्रदेशमा रहेका कलाकारहरु लाई महोत्सबले ओझेलमा पारेको भन्दै महोत्सव बहिस्कार गरियको हो । देउडा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश, कलाकार मन्चले महोत्सव बहिस्कार गरेको हो । 

प्रतिष्ठानले संयुक्त रुपमा बिहिवार एक बिज्ञप्ती जारी गर्दै सुदूरपश्चिमका कला क्षेत्रमा लागेका ब्याक्तीहरु लाई बेवास्ता गरेको आरोप लगायको छ ।

No photo description available.

प्रदेशमा रहेका अग्रज कलाकारका साथै बहुचर्चित कलाकार, नवप्रतिभा कलाकारलाई बेवास्ता गरेर सुदूरपश्चिमको कला, संस्कृती, सभ्यताको महोत्सबले धज्जी उठायको बिज्ञप्तीमा भनियको छ । आयोजकले सदुरपश्चिमको भाषा कला लाई धब्जी उडाउनेहरु लाई महोत्सबर्मा  प्राथमिकता दिनु आपत्तिजनक भएको जनाएको छ ।

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा कतिपय सुदूरपश्चिमका कलाकारको फोटो पोस्टरमा नाम लिकालेर सार्वजनिकपछि कलाकारको लिष्टबाट नाम हटाउनु कलाकारको मानमर्दन र हेलाहोचो भएको भन्दै महोत्सव बहिस्कार गर्न बाध्य भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

आगामी दिन सुदूरपश्चिममा हुने महोत्सवमा ६० प्रतिशत सुदूरपश्चिमकै कलाकारलाई सहभागी गर्नु पर्ने माग पनि बिज्ञप्तीमा उल्लेख गरेको छ । 

बिज्ञप्ती पछि बर्षौ देखि सुदुरपश्चिम प्रदेशको कला सस्कृतीको जर्गेनाका लागी आवाज उठाउदै गरेका कलाकार हरुले सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सदुरपश्चिमका कलाकार लाई समाबेस नगरिनु दुःखद भएको भन्दै आपत्ती जनायका छन । 

कलाकार सुर्य बिरही साँउदले फेसबुकमा लेखेका छन सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सुदूरपश्चिम नै ओझेलमा पारिनु, हेपिनु हामी सुदूरपश्चिमेलीहरुको लागि कडा चुनौती हो ।  सबै सुदूरपश्चिमेली मनहरुले सोच्नु पर्ने बेला छ । सबै कलाकारहरुलाई सम्मान गरौ तर सुदूरपश्चिम मै सुदूरपश्चिमेली कलाकारलाई अपमान गरिनु अक्षम्य छ । सुदूरपश्चिमेलि कला संस्कृति माया मोह कलाकारहरु अपमानित ठाउँ तिर उपस्थित नभईदिन अनुरोध ? भन्दै फेसबुकबाट आफनो आक्रोस पोखेका छन । 

No description available.

तेस्तै गरि कलाकार राम सिलाल ले फेसबुकमा लेखेका छन “म नत स्टेज खोज्दै हिड्छु न त कुनै आयोजक लाई नै मलाई  बोलाउनुस भन्छु । हामी भारत मा बसेका कलाकारहरुलाइ हेर्ने दृस्टीकोण सौतेलो देखिन्छ जुन नेपालका आयोजक हुन या भारतका आयोजक हुन । अहिले जुन सुदुरपश्चिम प्रादेशिक  महोत्सव  हुन गैरहेको छ यो आयोजक टीमको व्यापार ब्याबसाय मात्रै हो कि कला संस्कृती बचाउने अभियान हो । सुदुर पश्चिमका राम्रा राम्रा प्रतिभावान कलाकारहरु लाई हेपिएको र आफ्नो मनमानी ढङ्गले कलाकार छान्ने गरेको पाइयो ।”

No description available.

तेस्तै कलाकार सुरत रावत डोटेली कान्छाले फेसबुकमा लेखेका छन “ब्यापारीले ब्यापार मात्रै गर्ने उद्देश्य हो भने ब्यापार गर्नुहोस  अनि सुदूरको भाषा,कला र संस्कृति बचाउने तर  सुदूरमा बसेर त्यसैमा आफ्नो जीवन समर्पण गर्नेहरुलाई अपमान र अबमुल्यांकन गर्ने काम कहिल्यै नगर्नुहोस । ” तेस्तै कलाकार नबिन सिह धामीले फेशबुकमा लेखेका छन “सुदूरपश्चिमलाई अपहेलना गरेको महोत्सवमा सच्चा सुदूरपश्चिमेली सहभागी हुन्नन्  कोहि नजाउँ बहिस्कार गरौं ।”

No description available.

कलाकार लाल बहादुर धामी अछामी बड्डो लेख्छन “व्यापार महोत्सव हो व्यापार गर्नु पर्छ हाम्रो ठाउँको लागि राम्रो हो हाम्रो लागि राम्रो हो मलाई बोलाउने नबोलाउने भन्ने पनि हैन तर फोन गर्ने अनि कति लिने गरेको छ भन्ने हाम्ले यति लिन्छु भन्दा तुच्छ शब्द अनुसाशनहिन तरिकाले बार्केनिङ गर्न पाइदैन व्यापार मेला हो लगाउन पाईन्छ । तर कलाकार र सुन्दर सु प को कला सस्कृती माथि व्यापार गर्न पाईदैनकी महोदय  सु प को माटोले एक सौ एक कलाकार जन्माउदा पनि यस्तो हालत हामी हेपिए पनि हामी पछिको पुस्ता नहेपियोस भन्ने मात्र हो धन्यवाद ।”

No description available.

सदुरपश्चिम प्रादेशिक महोत्सबमा सुदुरपश्चिमका कलाकारहरु लाई अपहेलना गरेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पुर्ब अध्यक्ष बद्री पंगेनीले समेत कार्यक्रम बहिस्कार गरेका छन । सुदुरपश्चिमको भाषा कला सस्कृतीको जर्गेना गर्ने प्रमुख नारा बोकेर आयोजना हुने महोत्सबमा सुदुरपश्चिमका कलाकारहरुको प्रतिको ब्याबहारले आयोजक लाई गिज्याई रहेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु