मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते सुर्खेतका एक वडाध्यक्षको निधन

छिनोफानो   शनिबार १४, फागुन २०७८ १०:५९

मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते सुर्खेतका एक वडाध्यक्षको निधन भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष ३० वर्षीय नवराज कार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

८ फागुनमा कार्की सवार सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले भेरीगंगा नगरपालिका–१२ मा ठक्कर दिँदा कार्की गम्भीर घाइते भएका थिए । उपचारको लागि उनलाई काठमाडौं ल्याएको थियो । शुक्रबार राति न्यूरो अस्पताल बासबारीमा उनको मृत्यु भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् ।

कार्की नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । कार्कीको निधनप्रति माओवादी केन्द्र सुर्खेतले दुःख व्यक्त गरेको छ । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु