मोटरसाइकल दुर्घटना हुँदा बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य विकको निधन

छिनोफानो   शनिबार १४, फागुन २०७८ ११:१७

कैलालीको गौरीगंगा नगरपालिका–१ को मंगलपुुरमा मोटरसाइकल दुर्घटना हुँदा बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य साजन विकको मृत्युु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिम प्रदेश ०१०० १० प २०७७ नम्बरको मोटरसाइकल दुर्घटना हुुँदा चालक गौरीगंगाका ३३ वर्षीय विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकल  दुर्घटना हुँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।
विकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मोटरसाइकल भने इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु