बैतडीका एक लाख ४२ हजारजनाले लगाए कोरोनाविरुद्धको खोप

छिनोफानो   शनिबार १४, फागुन २०७८ ११:४४

बैतडी : बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक लाख ४२ हजार नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार १ लाख ४२ हजार ६२९ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। बुस्टर डोज भने ४ हजार ३०१ जनाले लगाएका छन्। 

सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा २४ हजार ३९९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ६९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ पाटन नगरपालिकामा १६ हजार १७ जनाले खोपको पहिलो र २६ हजार ४९५ जनाले पूर्ण खोप पाएका छन्।

पुर्चौंडी नगरपालिकामा २१ हजार ३४० जनाले खोपको पहिलो र १८ हजार ४६३ जनाले पूर्ण खोप लगाएका छन्। यसैगरी मेलौली नगरपालिकामा १३ हजार ७८५ जनाले खोपको पहिलो मात्रा र १० हजार ८४१ जनाले पूर्ण खोप लगाएका छन्।

डिलाशैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले खोपको पहिलो मात्रा र आठ हजार ४४३ जनाले पूर्ण खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले खोपको पहिलो र आठ हजार ५९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ सुर्नया गाउँपालिकामा ९ हजार ६९६ जनाले खोपको पहिलो मात्रा र नौ हजार ९२० जनाले पूर्ण खोप लगाएका छन्।

पञ्चेश्वर गाउँपालिकामा ८ हजार ९७० जनाले खोपको पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै‚ शिवनाथ गाउँपालिकामा ७ हजार ५३९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ८ हजार ३८० जनाले पूर्ण खोप लगाएका छन्। सिगास गाउँपालिकामा ९ हजार ३३२ जनाले खोपको पहिलो मात्रा र ११ हजार ७१९ जनाले पूर्ण खोप पाएका छन्।

१२ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्ध खोप दिने कार्य जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ। यहाँका सबै स्थानीय तहबाट कोरोनाविरुद्धको खोप अभियान निरन्तर रुपमा चलिरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु