एमसीसीमा जसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुन् : भीम रावल

छिनोफानो   आइतबार १५, फागुन २०७८ ०४:५७

काठमाडौँ — नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले एमसीसी राष्ट्रघाती भएको भन्दै यसलाई संसद्‍बाट पास गर्न नहुने बताएका छन् । एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसप्रति उनले आपत्ती जनाए ।

राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्‍मा चलेको होहल्लाका बीच छलफलमा लैजान पनि नहुने उनको तर्क थियो । आइतबार संसद्‍ बैठकमा नेकपा एमालेको विरोधका बीच सैद्धान्तिक छलफलका लागि पेस गरिएको एमसीसीबारे नेता रावल बोलेका हुन् ।

'एमसीसीलाई संसद्‍मा पेस गर्नु नै देशको अपमान हो । देश र जनताप्रति धोका हो । यसमा ज-जसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्' नेता रावलले भने ।

एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्‍बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए । एमसीसी लागू भएमा नेपालले अमेरिकी कानुन मान्नुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उनको तर्क थियो ।

नेता रावलले एमसीसीमा रहेका कतिपय प्रावधानप्रति पहिलेदेखि नै आपत्ति जनाउँदै आएका छन् । त्यसले नेपालको स्वाधिनता हनन् गर्दै नेपाललाई उपनिवेशको बाटोमा धकेलेको रावलको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु