प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन

छिनोफानो   सोमबार १६, फागुन २०७८ ०८:४०

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’सहित अनुमोदन गरेको छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणा सहित एमसीसी अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाको आइतवार दोस्रो पटक बसेको बैठकमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुकाे बुहमतले निर्णय गरेको हाे । एमालेले प्रतिनिधिसभा विरोधै क्रममा अनुमाेदन गरेको हाे ।

व्याख्यात्मक घोषणामा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।

यसैगरी व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।

एमाले सांसदहरुको नाराबाजी चलिरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु