काङ्ग्रेस कैलालीको सभापति चयनका लागि फेरि निर्वाचन हुने

छिनोफानो   सोमबार १६, फागुन २०७८ ०५:३१

 फागुन ।नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि पुनः निर्वाचन हुने भएको छ ।

१४ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव धकेलिएको हो ।

निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले सो पद्मा विजयी हाँसिल गर्नका लागि कम्तीमा पनि एक हजार २४३ मत ल्याउनु पर्ने थियो ।

तर, तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन् । अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९,नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन् । अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ ।

अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । दुवै जना संस्थापन पक्षका हुन । सबैभन्दा कम मत ल्याएका संस्थापन इतर पक्षका कलेल सभापति पद्को होडबाट बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु