सुदूरपश्चिममा सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्ला कैलाली, दोस्रोमा बैतडी !

छिनोफानो   मङ्गलबार १७, फागुन २०७८ ११:४९

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीपछि बैतडी दोस्रो नम्बरमा भ्रष्टाचार बढी हुने जिल्लाको सूचीमा रहेको पाइएको छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका १० वटै‚ थानीय  तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पेस गरिएको तथ्याङ्कअनुसार सुदूरपश्चिमका नौवटा जिल्लाबाट परेका एक हजार ३९ वटा उजुरीको छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले बताए ।

अख्तियारका अनुसार कैलालीका २९५, बैतडीका १५८, कञ्चनपुरका १४४, बझाङका ११९, दार्चुलाका ९७, डडेल्धुराका ८१, डोटीका ७७, अछामका ७४ र बाजुराका ४८ गरेर एक हजार ३९ वटा उजुरीमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दिनेशबहादुर खड्काले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु