‘पालिका र बस्ती, सशस्त्रको गस्ती’

छिनोफानो   बुधबार १८, फागुन २०७८ १२:४९

डोटी – डोटीका ग्रामीण भेगमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । डोटीको दिपायलमा तैनाथ रहेको सशस्त्र प्रहरी बलको ३६ नम्बर गण हेड क्वाटरले प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा २१ सदस्यीय टोली परिचालन गरिएको हो ।

‘पालिका र वस्ती, सशस्त्रको गस्ती’ नारा सहित दिपायलबाट गस्ती टोली परिचालन गरिएको गणले जनाएको छ । ग्रामीण क्षेत्रका जनतालाई सुरक्षाको प्रत्याभूति दिन र आगामी स्थानीय निर्वाचनको तयारीलाई लक्षित गरेर टोली परिचालन गरिएको सशस्त्र प्रहरीको ३६ नम्बर गण दिपायलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर विष्टले जानकारी दिनुभयो । 

गस्ती परिचालनपछि ग्रामीण क्षेत्रका जनतामा सुरक्षाको अनुभूति हुनुका साथै टोलीले त्यहाँको भौगोलिक अवस्थाका बारेमा पनि जानकारी पाउने उहाँले बताउनुभयो । जिल्लाका सबै क्षेत्रमा नियमित गस्ती परिचालन गरिने प्रहरी उपरीक्षक विष्टले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु