पाँचौ संस्करणको मुख्यमन्त्री अन्र्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

छिनोफानो   बुधबार १८, फागुन २०७८ ०५:५०

पाँचौ संस्करणको मुख्यमन्त्री अन्र्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ  । आयोजकले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै टफि सार्बननिक समेत गरेको छ ।

प्रतियोगिताको उद्घाटन बिहिबार दिउसो २ बजे सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भटटले गर्ने आयोजवकले जनायको छ । 
भोलीे देखि २८ गते सम्म धनगढी रंगशालाका सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी र दिल्ली फुटबल क्लब भिड्नेछन् । 

मनाङ र दिल्ली सहित हिमालयन शेर्पा, नव जन जागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम–११ धनगढी, क्यामरुनको अवेनिरी फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाण्डौ, वाग्मती युथ क्लब, न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु