नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेशको नँया नेतृत्व चयन संगै प्रथम बैठक सम्पन्न

छिनोफानो   बुधबार १८, फागुन २०७८ ०६:५०

नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेशको नँया नेतृत्व चयन संगै प्रथम बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र सुदुर पश्चिम प्रदेश कमिटीले पत्रकार सम्मेलनको आयोजना गर्दै बैठकका निणर्य सार्वजनिक गरेको हो । 
बैठकले नेपाल सरकारले संघीय संसदबाट एमसिसी सम्झौता अनुमोदन गरेको सन्दर्भमा राष्ट्रको हित प्रतिकुल रहेका बुँदाहरुमा व्याख्यात्मक टिप्पणी सहित पारित भएकोमा उक्त निर्णयको स्वागत तथा यस सन्दर्भमा जनस्तरमा रहेका भ्रम तथा अस्पष्टताहरुलाई स्पष्ट पार्दै जाने निर्णय गरेको छ ।

साथै बैठकले डोटी बाट प्रदेश समिति सदस्यको जिम्मेवारीमा रहेका भरत वोहरा (सेवक) लाई साधारण सदस्य समेत नरहने गरि निस्कासन र पार्टीको केन्द्रीय कार्यक्रमहरुलाई तदारुकताका साथ कार्यान्वयन गर्न सबै जिल्ला एवं स्थानीय समितिहरुलाई निर्देशन सहित आगामी निर्वाचन लक्षित कार्यक्रममा सम्पुर्ण पार्टी पतिलाई प्रभावकारीरुपमा परिचालन गर्ने लगाएतका निर्णय भएको नव निर्वाचित अध्यक्ष हरि राम चौधरी ले जानकारी दिए ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का केद्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश इन्र्चाज खगराज भट्टको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु