एमसिसी टेबल गर्नु परे आत्महत्या गर्छु भन्नेले अहिले सम्म आत्महत्या गरेनन् : महासचिब पोखरेल

पवन भण्डारी   बिहिबार १९, फागुन २०७८ ०२:०२

नेकपा एमालेका महासचिब शंकर पोखरेलले  पार्टि एकता हुदा प्रचण्ड र माधप नेपालले अध्यक्ष ओली र आफुहरु माथी उठायका मुद्धाहरु निरत्थर भएको बताए ।

नेकपा एमाले सुदुरपश्चिम प्रदेश कार्यलयको उद्घाटन पछि पत्रकार सँग कुरा गर्दै महासचिब पोखरेलले ओली नेकपाको निरन्तरताको  पक्षमा रहेको बताए । उनले माधप नेपाल र प्रचण्डले सँगै बस्न नसक्दा अलग अलग पार्टि बनाएको आरोप लगाए । 

महासचिव पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता स्वार्थका लागि एमसीसी पास गरेको बताएका छन । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधव नेपालले सरकारमा बस्न एमसीसी पास गर्न सघाएको बताए ।

उनले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी उनले गरेका छन । कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको उनले बताए ।

 उनले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए । एमसिसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्नु भएका सभामुख अहिले भने राजनैतिक पूर्वाग्रही पुष्टि भएको उनको भनाई छ ।  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु