राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ सांसदको शपथ ग्रहण आज

छिनोफानो   शनिबार २१, फागुन २०७८ ११:३६

काठमाण्डाै - राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ सांसदहरूको शपथ ग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयमा बिहान ११ बजे शपथ कार्यक्रम राखिएको छ ।

शपथ ग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिइने संसद् सचिवालयले जनाएको छ । गएको माघ १२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) तथा माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित भएका छन् ।

यस्तै एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आएका छन् । पदावधि सकिएका २० सांसदको हिजो बिदाइ भइसकेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु