कैलाली कारागारका थुनुवाकाे मृत्यु

छिनोफानो   शनिबार २१, फागुन २०७८ ११:४१

धनगढी । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवककाे मृत्यु भएकाे छ । जिल्लाकाे घाेडाघाेडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरकाे मृत्यु भएकाे कैलाली कारागारले जनाएकाे छ ।

जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालकाे आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरकाे शुक्रबार राति मृत्युु भएकाे बताए ।

उनकाअनुसार थापामगर विगत दुई महिनादेखि फाेक्साे सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेकाे थियाे ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु