नामको मात्रै राजधानी बन्यो तेघरी,काम भने सुन्य

पवन भण्डारी   शनिबार २१, फागुन २०७८ ११:५०

पवन भण्डारी । सुदुरपश्चिम प्रदेशको स्थाई राजधानी गोदावरी नगरपालीका ४ तेघरीमा तोकीयको करिब ३ बर्ष बढि भएको छ । प्रदेश सरकार गठन भएको ४ बर्ष पुरा र राजधानी घोषणा भएको ३ बर्ष पुरा भईसक्दा समेत पूर्वाधार निर्माणकार्य अझै सुरु हुनसकेको छैन । ४ बर्ष सम्म पनि राजधानीका लागी संरचना निर्माणको काम सुरु नहुदा स्थानीयबासीमा निरासा छाएको छ । 

तत्कालीन प्रदेश नम्बर ७ को सरकारले प्रदेशको नाम र राजधानी तोक्न पहिलो वर्षमै कार्य थालनी गरेको थियो । काम थालेको तीन महिनामै नाम र राजधानी टुङ्गो लगाए पनि राजधानीका लागि तोकिएको स्थान गोदावरीमा पुर्वाधार निर्माणकार्य अझै सुरु हुनसकेको छैन ।

राजधानी तोकेको ३ बर्ष भन्दा बढि भई सक्दा पनि राजधानी मा कुनै पनि पुर्वधार निर्माणको काम सूरु नहुदा स्थानीयबासीमा राजधानी बन्ने आसा भने मरिसकेको छ । राजधानी तोकेको स्थानमा राजधानी लाई जनाउने होडिङबार्ड समेत नराखेपछि स्थानीयबासीमा झनै संका पैदा भएका स्थानीय यज्ञराज जोशीले बताए छ । 

राजधानी घोषणा भएपछि हर्षीत बनेका स्थानीय नागरिकहरुमा खुसी खुसीमै सिमित भएको कैलालीको गोदावरीका स्थानीय दिपक ओझाले बताए । उनले अधिकाँस नेताहरु धनगढीमै राजधानी स्थापित गर्नु पर्ने सोचमा भएका कारण सो निर्माण कार्य अगाढी बढ्न नसकेको बताए । प्रदेश सरकारले राजधानी बनाउनका लागी चाल्नु पर्ने कदम नचालेका कारण जनतामा निरासा छायको स्थानीयको गुनाँसो छ ।  

नेपालमा सरकार गठन हुने ढल्ने गरेका कारण समस्या हुने गरेको स्थानीयहरुको गुनाँसो छ । नेपाली काँग्रेश नेत्तृत्वको सरकारले धनगढी राजधानी तोकेको भएपनि पछि आयको सरकारले पुवर्नग्राही रुपमा गोदावरी राजधानी घोषणा गरेको र काम नगरेको नेपाली काँग्रेश क्षेत्र नम्बर ४ का सभापती लतित रोकायाले बताए । 

सुदूरपश्चिम प्रदेश सभाले निर्णय गरेको ४० महिनासम्म पनि राजधानी निर्माणको काम सुरु हुन सकेको छैन । सर्बोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ लम्बिँदै गर्दा निर्णय गर्ने प्रदेश सभाको समयावधि पनि सकिनै लागेकाले सङ्घीयतापछिको सरकार र प्रदेश सभा राजधानी तोकेको स्थानमा पूर्वाधार निर्माण नगरी नै बाहिरिने हो कि भन्ने लाग्न थालेको स्थानीय बताउँछन । राजधानी तोकिएको गोदावरी नगरपालिकाका प्रमुख हरिसिंंह साउद प्रदेश सरकारले नतिजा आउने गरी पहल गर्न नसकेकाले काम सुरु हुन नसकेको बताउनुहुन्छ ।

सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्र सरकारको बेवास्ताका कारण ढिलाई भएको बताए । उनले आफुहरुले संरचना निर्माणको लागी नक्सांकन समेत गरेको तर केन्द्र सरकारले नै यस बारे चाँसो नदिएको बताए  । 

२०७५ असोज १२ गतेको प्रदेश सभा बैठकबाट दुईतिहाइ बहुमतबाट नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ पारित भएको थियो । गोदावरीमा भौतिक संरचना निर्माण नहुँदासम्म धनगढी मै राजधानीका रूपमा सेवा प्रवाह गर्ने कार्यालयहरु रहने समेत भनिएको थियो । राजधानी ४० बिघा क्षेत्रफलमा हुनसक्ने भन्ने अनुमान गरिए पनि अतिक्रमण हुन नदिन ३ सय २० बिघा क्षेत्रफल माग गरिएको थियो । प्रदेशको राजधानी बनाउन तोकिएको ठाँउमा वन क्षेत्र परेकाले प्रदेश सरकारको स्वामित्वमा आउन सकेको छैन भने वनक्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन समेत भएको छैन ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु