महिला विकास समाज अन्तर्गतको अल्मुना समुह द्धारा साइबर क्राइम सम्बन्धी प्रशिक्षण सम्पन्न

छिनोफानो   शनिबार २१, फागुन २०७८ ०१:३०

महिला विकास समाज अन्तर्गत को अल्मुना समूहले धनगढीमा साइबर क्राइम सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । शुक्रवार  कैलाली कञ्चनपुरका  अल्मुना समुहका ६५ जना महिलाहरुलाई बढ्दो साइबर अपराधलाई मध्यनजर गर्दै प्रशिक्षण सञ्चालन गरिएको हो ।


प्रशिक्षणमा  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी,प्रहरी नायव उपरिक्षक रविन बिष्ट , प्रहरी निरिक्षक खगेन्द्र साँउद तथा पत्रकार उमिद बागचन प्रशिक्षक रहनु भएको थियो ।साथै कार्यक्रममा रेष्ट  कि अध्यक्ष कमला अधिकरी , कार्यक्रम निर्देशक डा अरुना उप्रेती , महिला बिकास समाजकि कार्यक्रम सयोजक शान्ति शर्मा ,तथा सस्था का प्रतिनिधिहरु को उपस्थिति रहेको थियो ।


महिला विकास समाजले  रेष्ट को सहकार्यमा कैलाली,कञ्चनपुरका बिपन्न बर्गका छात्राहरुको १ देखि १२ सम्म अध्ययान तथा क्षमता बिकासमा काम गर्दै आएको छ ।

रेष्टले बिपन्न छात्राहरुको शिक्षित बन्ने सपनाका  साकार पार्नुका साथैे सोही छात्राहरुलाको रेष्ट अल्मुना समुह गठन गरि सिप बिकासमा मदत गर्नुका साथै बिभिन्न  सिप अनुसार को पेशामा सोरोजगार बनाउन सक्रिय रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु