‘कोशी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता छैन,प्रदेश-१ को नाम ‘कोशी’ किन राख्न नसकेको :ओली

छिनोफानो   शनिबार २१, फागुन २०७८ ०१:३६

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश-१ को नाम ‘कोशी’ किन राख्न नसकेको भन्दै आश्चर्य जनाएका छन् । उनले यस प्रदेशका लागि ‘कोशी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको तर्क गरेका छन् ।

साझा पहिचानका लागि कोशी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने उनले बताए । शनिबार गृह जिल्ला झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश-१ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले जातीय नामकरणले प्रदेशमा सबैको पहिचान र इतिहास नसमेटिने दावी गरेका छन् ।

‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको । कोशी सभ्यताबाट उठेको । कोशीबाट सिञ्चित हाम्रा रगतमा कोशीको पानी छ । हाम्रा रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी, मकालुको पानी छ’, ओलीले थपे, ‘त्यहाँबाट रसाएको, सिञ्चित भएको । सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरु कोशी प्रदेश राख्न नसके- ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले थरका पछाडि सभ्यता र इतिहास भए पनि प्रदेश-१ का लागि कोशी सभ्यताभन्दा अर्को कुनै सभ्यता र इतिहास पुरानो हुन नसक्ने दाबी गरेका छन् । ओलीले यसका लागि प्रेस चौतारी आबद्ध पत्रकारलाई वातावरण बनाउने गरी कलम चलाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु