चाँडै संघीय निजामती सेवा ऐन जारी गर्ने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता, कर्मचारीलाई आफ्नाे छवि स्वच्छ राख्न आग्रह

छिनोफानो   शनिबार २१, फागुन २०७८ ०४:०३

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई चाँडै जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री देउवाले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाह गर्न नहुनेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराउनु भयो । जनताको सेवकको रुपमा कर्मचारीहरुले काम गर्नुपर्ने उहाँको भनाई थियो ।

‘नेपालको संविधानले ट्रेड युनियनको अधिकारलाई संविधानमै व्यवस्था गरेको छ । संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी यसलाई कार्यान्वयनमा लैजान सरकार क्रियाशील रहेको छ', प्रधानमन्त्री देउवाले भन्नु भयो, 'कर्मचारी समायोजनको सन्दर्भमा देखिएका समस्या पारस्परिक छलफलको आधारमा समाधान गरी उनीहरुलाई सन्तुष्ट बनाउने काम गरिनेछ । कर्मचारीले आफ्नो छविलाई स्वच्छ राख्न सक्नुपर्दछ । जनताको सेवकको रुपमा आफूलाई चिनाउन सक्नु पर्दछ ।’

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु