नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि आन्तरिक हवाई उडानको भाडा बढ्यो

छिनोफानो   शनिबार २१, फागुन २०७८ ०५:१७

आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।

भोलि (आइतबार० देखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले बढेको छ । यस्तै काठमाडौ-धनगढीको भाडा ४४५ रुपैयाँ बढेको छ । यस्तै काठमाडौ-भद्रपुरको तीन सय, काठमाडौ-सुर्खेतको ३४५ र काठमाडौ-नेपालगञ्जको ३३० रुपैयाँ भाडा बढेको छ ।

नेपाल आयल निगमले ११२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु