धनगढीमा एक युवकको शव फेला

छिनोफानो   सोमबार २३, फागुन २०७८ १२:०५

कैलालीको धनगढीमा एक युवकको चोटपटक लागेको अवस्थामा शव परेको छ । सोमबार बिहान धनगढीको वडा नम्बर ५ जाँईको शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

युवकको शव नालीमा फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीमा प्रहरी नायब उपरीक्षक डीएपी वेदप्रकाश जोशीले बताए । ‘युवकको गालामा चोटपटक लागेको देखिन्छ ।, अहिले घट्नास्थलमै रहेको र थप अनुसन्धान भइरहेको छ । डिएपी जोशीले अहिले युवकको परिचय पनि नखुलेको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु