खप्तड गोल्डकप : हिमालयन शेर्पा र सुदूरपश्चिम–११ खेल्दै

छिनोफानो   सोमबार २३, फागुन २०७८ ०२:२०

काठमाण्डाै - सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज हिमालयन शेर्पा क्लब र आयोजक सुदूरपश्चिम–११ खेल्दै छन् ।

खेल दिउँसो चार बजे पछि धनगढी रङ्गशालामा हुनेछ । आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

हिमालयनले जन जागृति युवा क्लबलाई ४–० ले हराउँदै क्वाटर फाइनलमा स्थान बनाएको हो । यस्तै, सुदूरपश्चिम–११ ले सिधै क्वाटर फाइनल खेल्न लागेको हो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु