सुदूरपश्चिम प्रादेशीक महोत्सवको ४ दिन म्याद थपियो

छिनोफानो   मङ्गलबार २४, फागुन २०७८ ०४:३५

कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशीक महोत्सवको म्याद थपिएको छ। फागुन १३ गतेदेखि सुरु भएको महोत्सवको म्याद ४ दिन थप गरिएको हो। 

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सव फागुन २५ गतेसम्म संचालन हुने कार्यतालिका थियो। तर, महोत्सवमा दर्शकको माग बमोजिम ४ दिन म्याद थप गरिएको बताइएको छ। महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु