महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने

छिनोफानो   मङ्गलबार २४, फागुन २०७८ ०४:३९

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मिर्गौलाका बिरामीलाई लक्ष्य गरी डायलासिस सेवा सञ्चालन हुने भएको छ । अस्पतालमा आगामी असारदेखि डायलासिस सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य अघि बढाइएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले आगामी असारभित्र सेवा सुरु गर्ने लक्ष्य राखेर कार्य सुरु गरिएको बताए। उनले भने, “असारभित्रै सेवा सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ठेक्का प्रक्रियाद्वारा भवन निर्माण भइरहेको छ।

जनशक्ति तयारी अवस्थामा छ।” उनका अनुसार सेवा सञ्चालनका लागि भवन निर्माणका लागि ५८ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौतानुसार निर्माण सुरु भएको छ। अस्पतालमा सो सेवा सञ्चालनका लागि पाँच मेसिन खरिद गरिएका छन्।

ती मेसिनको मूल्य एक करोड २५ लाख रहेको छ। अस्पतालले स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय अघि बढाएको छ। डायलासिस सेवाका लागि फिजिसियनदेखि स्टाफ नर्सलगायत १० जनालाई तालिम दिनुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु