नदीमा डुबेर १५ वर्षिया बालीकाको मृत्यु

छिनोफानो   बुधबार २५, फागुन २०७८ ०४:५८

अत्तरिया – कैलालीको गोदावरी नदीमा डुबेर एक बालीकाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ की १५ वर्षिया बालीका खेमा खड्काको नदीमा डुबेर मृत्यु भएको हो ।

साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको काठेपुल मुनीको तलाउमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) नवराज पोखरेलले बताए ।

उनका अनुसार मृतक खड्काको शव अनुसन्धानका लागी अत्तरियास्थित पद्मा अस्पतालमा राखिएकोमा पोष्टमार्टमको लागी त्यहाँबाट सेती प्रादेशीक अस्पताल पठाईएको छ । घटनाबारे अनुसन्धान गर्न अहिले प्रहरीको टोली गोदावरी नदीमा पुगेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु