घर टहरा जलाईए पछि बिपन्नहरु विस्थापित

राजन जैगडी   बिहिबार २६, फागुन २०७८ १०:५१

कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडाँका घर टहरा जलाईए पछि बिपन्नहरु विस्थापित भएका छन् । वडीमालिका सामुदायिक वन छेउमा घर टहरा बनाएर बस्दै आएका वादी समुदायको घर जलाइएपछि उठिबास लागेको छ ।  
पूर्व पश्चिम राजमार्गको छेउमा बस्दै आएका कैलाली गोदावरी ३ चौकीडाँडाका वादी समुदायको घर टहरा जलाइएको हो । वन अतिक्रमण गरेको भन्दै डिभिजन वन कार्यालय अत्तरियाले घर टहरा जलाइदिएपछि उनीहरुको विचल्ली भएको छ । सरकारले पटक पटक व्यवस्थित बसोबासको आश्वासन दिदै आएपनि त्यसो नगरेपछि उनीहरुले वन छेउमा घर टहरा बनाएका थिए । घर टहरा पनि डिभिजन वन कार्यालयले जलाइदिएपछि विचल्लीमा परेको स्थानीय कमला बादीले बताइन् ।
उनीहरुले पटक पटक सरकारसंग उचित व्यवस्थापनको माग गर्दै आएका छन् । तर, सरकारले व्यस्थित आवासको साटो भएको घर टहरा पनि जलाइदिएको छ। वन अतिक्रमणको निहुँमा उनीहरुमाथि अभद्र व्यवहार समेत गरेको स्थानीय केशव दुलाल बादीले बताए ।
वादी समुदायको घर टहरा जलाएको विषयमा डिभिजन वन कार्यालयले भने अतिक्रमण गरी घर टहरा बनाइएको बताएको छ। वन क्षेत्रमा अतिक्रमण गरी घर टहरा बनाइएको हटाउन ताकेता गरेपनि त्यसको वास्ता नगरेपछि घर भत्काइएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले बताए

विपन्न वादी समुदायको बस्ने कुनै थातथलो छैन, सरकारले सुरक्षित आवासको आश्वासन दिएपनि हालसम्म त्यो आश्वासन पूरा भएको छैन, सरकारी आश्वासन पूरा नभएपनि उनीहरु वन छेउमै घर टहरा बनाएर बस्न बाध्य भएका हुन् । यसर्थ यी विपन्न वादी समुदायलाई सरकारले सुरक्षित आवासको अबिलम्ब प्रबन्ध गर्न जरुरी छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु