गुप्ताको हत्यामा संलग्न दुईजना पक्राउ

छिनोफानो   शुक्रबार २७, फागुन २०७८ ०२:४८

कैलालीमा हत्या गरेको अवस्थामा भेटिएका भारतका कुलदीप गुप्ताको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गर्दै हत्याको आरोपमा पक्राउ परेका दुई जना नेपाली लाई सार्बजनिक गरेको हो ।

 पक्राउ पर्नेमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख बिश्व अधिकारीले बताए । उनले  अटो भाडाको बिषयमा बाद बिबाद हुदा बुढाद्वयले मिलेर भारतीय नागरिक हत्या गरेको प्रारम्भीक अनुसन्धान बाट खुलेको उनले बताए । 

सोमबार धनगढीको वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । 

बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन । प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकालेको थियो । गुप्ता भारतबाट धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु