नवलपरासीको गैडाकोटमा गए राति बस र कार ठोक्किँदा वडा सदस्यको मृत्यु

छिनोफानो   शनिबार २८, फागुन २०७८ १०:३८

पूर्वी नवलपरासीको गैडाकोट थुम्सीमा गए राति बस र कार ठोक्किँदा बसमा सवार एक यात्रु अचानक वेहोस भई निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ९४५९ नम्बरको बसले पश्चिमबाट पूर्व आउँदै गरेको प्र. ३-०१-०२२ च ५८०७ नम्बरको कारलाई ठक्कर दिएको हो ।

दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारको क्रममा सरकारी अस्पताल भरतपुर चितवनमा निधन भएको हो । ललितपुर १० कुपण्डोल निवासी ६० बर्षीय बासुदेव थापाको निधन भएको हो । थापा ललितपुर-१० का वडा सदस्य हुन् । दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु