भक्तपुर हत्या प्रकरण : सँगै रक्सी सेवन, एक जनासँग मात्र सम्बन्ध राख्न मानेपछि हत्या !

छिनोफानो   शनिबार २८, फागुन २०७८ १०:५९

भक्तपुरमा घाँटी रेटेको अवस्थामा भेटिएकी महिलाको हत्या यौनजन्य गतिविधि र मादक पदार्थ सेवनका कारणले भएको खुलेको छ । 

सोमवार बेलुका साढे १० बजे भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ बागरेमा रहेको तरकारी बारीमा एक महिलाको शव घाँटी रेटेको अवस्थामा फेला परेको थियो । 

तरकारी बारीमा टिनको टहरा बनाएर बसोबास गर्दै आएकी ती महिलाको हत्या कसले गर्‍यो भन्ने पत्ता लगाउन प्रहरीलाई शुरूमा हम्मेहम्मे परेको थियो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले २ दिनपछि घटनास्थलमा फेला परेका प्रमाण, ती महिलाको मोबाइलको कल डिटेल लगायतका प्राविधिक अनुसन्धानपछि २ जनालाई पक्राउ गर्‍यो । 

बुधवार बेलुका भक्तपुरबाट काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका २ भकुण्डेबेसी स्थायी घर भई भक्तपुर नगरपालिका १० थलाछे बस्ने ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका ४ चौबास स्थायी घर भई भक्तपुर नगरपालिका ८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजु पाण्डेले बताए ।

उनीहरूलाई पक्राउ गरेपछि हत्या भएकी महिला नमोबुद्ध नगरपालिका– ९ नवलडाँडा घर भएर भक्तपुर नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिसा नगरकोटी भएको खुलेको प्रवक्ता पाण्डेले बताए । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले २३ गते बेलुका टिनको टहरामा बसेर सँगै मादक पदार्थ सेवन गरेको खुलेको छ । 

जेनिसा, नवराज र कुमारले भक्तपुरमा ज्यामी काम गर्दै आएका थिए । सामान्य चिनजान भएका उनीहरू त्यो दिन कामबाट फर्केपछि मादक पदार्थ सेवन गरेर टहरामा पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

मादक पदार्थ सेवनपछि नवराज र जेनिसाले शारीरिक सम्बन्ध राखेका थिए ।

त्यसलगत्तै आफूले प्रस्ताव राख्दा जेनिसाले नमानेपछि चक्कुले घाँटी रेटेर हत्या गरको बयान कुमारले दिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरलाई बताए । 

‘मादक पदार्थ सेवन गरेर शारीरिक सम्बन्धका लागि प्रस्ताव राख्दा नमानेपछि हत्या गरेको प्रारम्भिक बयानमा कुमारले बताएका छन्,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘त्यसपछि उनीहरू त्यहाँबाट फरार भएका रहेछन् ।’

प्रहरीले घटनास्थलमा हत्यामा प्रयोग भएको चक्कु फेला पारेको थियो । घटनास्थलबाट केही तल पोखरीमा जेनिसाको मोबाइल फेला पारेको प्रवक्ता राजु पाण्डेले बताए । 

कुमार यसअघि लागूऔषध र चोरी मुद्दामा १० वर्ष जेल परेर छुटेका व्यक्ति हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

के भयो त्यो बेलुका रु

दिउँसोमा ज्यामी काम गर्ने कुमार लामा र नवराज रिजालले त्यो दिन बिजुलीको तार चोर्ने योजना बनाएका रहेछन् । 

चाँगुनारायणस्थित तरकारी बारीमा रहेको टिनको टहरामा नवराज पहिल्यै पराल ओछ्याएर बसेका थिए । 

कामबाट फर्किँदै गर्दा जेनिसाले बाटोमा कुमारलाई देखेपछि मादक पदार्थ ९छ्याङ० खुवाउन अनुरोध गरेको र नजिकैको पसलमा गएर कुमारले लोकल रक्सी र उनले छ्याङ खाएको खुलेको अनुसन्धानमा खटिएका अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए । 

‘कुमारलाई बाटोमा देखेर छ्याङ खुवाऊ भनेको र सँगै टहरामा गएको कुरा कुमारले बयानमा बताएको छ,’ ती अधिकृतले लोकान्तरसँग भने । 

मादकपदार्थ खाएर उनीहरू सल्लाहमै सँगै टहरामा गएका थिए ।

त्यहाँ रहेका नवराजले पहिलोपटक शारीरिक सम्बन्ध राखेको र पछि आफूले प्रस्ताव राख्दा नमानेपछि हत्या गरेको कुमारले प्रहरीलाई बताएका छन् ।

हत्या गरेपछि उनीहरू परालले छोपेर त्यहाँबाट फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु