कर्मचारीले सरकारलाई साथ दिनुपर्छ : ओली

छिनोफानो   शनिबार २८, फागुन २०७८ ०२:३६

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीले सहयोग नगरेमा सरकार चल्न नसक्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले जुनसुकै पार्टीको सरकार बने पनि कर्मचारीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसले सरकारलाई सहयोग नगर्न कर्मचारीलाई दबाब दिएको दाबी गर्दै उहाँले यस्तो काम लोकतन्त्र विरोधी भएको बताउनुभयो । आफूले कर्मचारीबाट सहयोग नपाएको गुनासो गर्दै ओलीले कर्मचारीले सरकारले गलत गर्न गर्नबाट जोगाएर सही काममा साथ दिनुपर्ने बताउनुभयो ।

यस्तै अध्यक्ष ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताउनुभएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताउनुभयो । एमालेले गएको भदौ २३ गतेदेखि संसदमा अवरोध गरिरहेको छ । एमालेको अवरोधका कारण संसद्ले काम गर्न सकेको छैन । सांसद्हरूले भत्ता र तलब भने लिइरहेका छन् । उहाँले अहिलेको सरकारलाई बालुवामा रहेको मुलाको संज्ञा दिदै यसलाई चुनावबाट सजिलै उखेलिदिने जिकिर पनि गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु