कांग्रेस त बोरामा पैसा बोकेर आउँछ, उसको चरित्र पनि त्यस्तै हो : झलनाथ खनाल

छिनोफानो   आइतबार २९, फागुन २०७८ १२:३८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाउनुभएको छ ।

शनिबार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरूले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाउनुभयो ।

सम्मानित नेता खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाउनुभयो । उहाँले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गर्नुभयो ।

सम्मानित नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिबद्धताको कुरा अघि सारेर व्यवहारिक रूपले अघि बढ्ने बताउनुभयो ।

‘अब चुनावमा विभिन्न खालका शक्तिहरू अहिले आउँदैछन्, कांग्रेस त बोरामा पैसा बोकेर आउँछ, उनीहरूको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरुले, त्यो सबै धाक पैसाको हो,’ उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्रीजीले हामी एकताबद्ध भएर जानुपर्छ, गठबन्धन कायम राखेर जाुनपर्छ, भन्नुहुन्छ । कांग्रेसभित्र दुई धार प्रस्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ ।’

सम्मानित नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढिरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताउनुभयो ।

देशमा निर्वाचनहरू सामान्यतःराष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानून नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गर्नुभयो ।

सम्मानित नेता खनालले देशमा अझै पनि शोषण, अन्याय र अत्याचार,समाप्त नभएको दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु