सुदरपश्चिममा प्रदेश युवा परिषदको को आयोजनामा युवा महोत्सव हुँदै

छिनोफानो   आइतबार २९, फागुन २०७८ ०४:४४

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक युवा महोत्सव आयोजनाहुने भएको छ । धनगढीमा संचालितनमुनायुवा संसद अभ्यास कार्यक्रममा पत्रकार सँग अन्तरक्रिया गर्दै सुदूरपश्चिमप्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले छिट्टै प्रदेश स्तरिय युवा महोत्सवआयोजना गर्न लागेको जानकारी दिए । 
प्रदेशमा युवाहरुको सक्रियता र युवा सशक्तिकरणका लागि महोत्सवको आयोजनागर्न लागेको उपाध्यक्ष कुँवरले जानकारी दिएका छन् । प्रदेश स्तरिय युवा महोत्सवले प्रदेशको कला संस्कृति प्रबद्धन र सामाजिक कुरीति अन्त्यमा जोड दिन्छ, उनले भने, यो सँगै युवा रोजगारीका विषयमा लाई पनि पहिलो प्राथामिकतामा राखेका छौँ । 
प्रदेश युवा परिषद्को वार्षिक बजेट अन्तर्गत तय गरिएको उक्त महोत्सवका लागि झण्डै २८ लाखको बजेट छुट्याईएको कुँवरले बताए । महोत्सवमा प्रदेशभरीका ३५० जनायुवा सहभागीहुने बताउँदै उनले बाहिर राखिने स्वरोजगार स्टलहरुमा सबैले अवलोकन गर्न सकिने बताएका छन् । सबै कुराको व्यवस्थापन हुन सके चैत्र मसान्त भित्रमा महोत्सव आयोजना गरिने उनलको भनाई रहेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु