नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ

छिनोफानो   आइतबार २९, फागुन २०७८ ०४:५८

नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ककनी गाउँपालिका(१ नयाँबस्तीका ३३ वर्षीय भीमबहादुर बलामीलाई ६५ वर्षीया आमा कान्छी बलामीको हत्या आरोपमा प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।भीमबहादुरले रक्सी खाएर घनले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीको आरोप छ । उनको शव घरभित्रै पत्करले छोपेको अवस्थामा भेटिएको थियो ।

स्थानीयले सूचना दिएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरी टोलीले भीमबहादुरलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु