बेरोजगारी, उब्जाउ जमिन नहुँदा प्रयोग विहीन बने मुक्त हलिया बस्तीका घर

राजन जैगडी   सोमबार ३०, फागुन २०७८ ११:५३

कंचनपुरको पुनर्वास नगरपालिका–९, का –मुक्त हलिया बस्तीका घर प्रयोग विहीन बनेका छन् । मुक्त हलिया सुरक्षित आवास कार्यक्रम अन्तर्गत गत वर्ष निर्माण भएका भवन प्रयोगविहीन भएका हुन् । बस्तीमै उत्पादन र रोजगारी नभएपछि करोडौ सरकारी लगानीमा बनेका घर प्रयोगमा नआएका हुन् ।
सरकारले कंचनपुरको पुनर्वास नगरपालिका–९,ख–गाउँमा मुक्त हलिया सुरक्षित आवास कार्यक्रम अन्तरगत ४२ घर निर्माण गरेको थियो । तर, हलिया बस्तीमा निर्माण भएका ४२ घर मध्ये ३० घर प्रयोग विहीन भएका छन् ।बेरोजगारी, उब्जाउ जमिन नहुँदा ३० घरपरिवारले निर्माण भएका घरहरूमा बस्नै छाडेका छन् । उनीहरुले आफ्नो जग्गा नभएका कारण दैनिक मजदुरी गर्न भारत जानुपर्ने बाध्यता भएपनि बस्तीमा मान्छेहरु नभएको स्थानीयले बताए ।
सरकारले आवास निमौण गरिदियो, तर, रोजगारी र खेती गरेर खाने जमिन नभएपछि आवासमा बस्न उनीहरु नसकेका हुन् । रोजगारी तथा कुनै सीपमुलक कार्यक्रमको व्यवस्था भैदिएमा सरकारले बनाइदिएको आवासमा बस्न सकिने स्थानीय चन्द्र सुनारले बताए ।उनले आफू र श्रीमती दुबै अपांग हुदा काम गर्न समस्या रहेकोले सरकारले आफुहरुलाई सानोतिनो रोजगारीको व्यवस्था गरिदिए बच्चाको लालनपालन गर्न सकिने चन्द्र सुनारले बताए ।

मुक्त हलिया सुरक्षित आवास कार्यक्रम अन्तरगत संघीय कृषि, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको १ करोड ७६ लाख ४७ हजार ५ सय बजेट उपलब्ध गराएको थियो, त्यसैगरी हेविटाट फर ह्युमानिटी नेपालको ६२ लाख ८७ हजार, पुनर्वास नगरपालिकाको ३ लाख ३५ हजार, घरधुरी योगदान १३ लाख १७ हजार ४ सय बीस रुपैयाँ लागतमा आवास निर्माण गरिएको थियो । सरकारले हलिया मुक्त समाज निर्माण गरेको बस्तीमा नगरपालीकाले सडक, बिद्धुत खानेपानी र शौचालयको व्यवस्था गरेको नगरपालिकाले बताएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु