जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु

छिनोफानो   मङ्गलबार ०१, चैत २०७८ १०:१९

जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । भेरी नगरपालिका- १ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्रीको मंगलबार बिहान छतबाट खसेर मृत्यु भएको हो ।

भेरी नगरपालिका- ३ ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक पोल्टी फर्ममा काम गर्थे । पोल्टी फर्म सञ्चालकको घरको चौथो तलाबाट बिहान ५ बजेतिर खसेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु