स्थानीय तहको निर्वाचनका लागि १३.४३ अर्ब बजेट विनियोजन

छिनोफानो   मङ्गलबार ०१, चैत २०७८ ११:४५

अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बजेट विनियोजन गरेको छ । 

मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाका अनुसार मन्त्रालयले गृह मन्त्रालयका लागि ६ अर्ब २९ करोड, निर्वाचन आयोगका लागि ८ अर्ब ११ करोड तथा राष्ट्रिय अनुसन्धान विभागका लागि ३ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । सेनाका लागि भने बजेट विनियोजन भइनसकेको उनले बताए ।

“१४ अर्ब ४३ करोड रुपैयाँ विनियोजन भइसकेको छ । सेनाका लागि कति छुट्याउने भन्ने विषय छलफलकै क्रममा छ । एक–दुई दिनमा टुंगो लाग्छ,” उनले भने । उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि २० अर्ब बराबरको बजेट विनियोजन हुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि छुट्टै बजेट भने विनियोजन गरेको थिएन । तर, निर्वाचनका लागि विविध शीर्षकमा भएको बजेटले धान्ने अवस्था भए सोहीबाट अन्यथा अन्य शीर्षकबाट रकमान्तर गर्नुपर्ने अवस्था रहेको निरौलाले बताए ।

सरकारले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । उता, त्यसको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको छ । यदि सर्वोच्चले दुई चरणमा चुनाव गर्ने आदेश दिएमा खर्च बढ्ने बरिष्ठ अर्थविद् डा। चन्द्रमणि अधिकारीले बताए । “दुई चरणमा निर्वाचन भयो भने करिब ४० प्रतिशतले खर्च बढ्ने स्थिति देखिन्छ,” उनले भने । अघिल्लो स्थानीय तहको चुनाव ९२०७४० मा १८ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु